काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दु बर्मा

Monday November 18, 2024

पढ्न लाग्ने समय :


नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले आफ्नो ब्राण्ड एम्बासडरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई घोषणा गरेको छ । काठमाडौंमा आईतवार एक भव्य समारोहका बीच काठमाडौं गुर्खाजले ब्राण्ड एम्बासडरमा इन्दुलाई घोषणा गरेको हो । सोही अवसरमा काठमाडौंले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो । मार्की खेलाडी करण केसी नयाँ जर्सीमा उपस्थित भए । काठमाडौं गुर्खाजले बाजागाजासहित काठमाठौंको संस्कृति र पहिचान झल्कने किसिमको प्रश्तुतीहरू देखाएको थियो । नेवारी भेष नृत्य र लाखे नाच पनि प्रश्तुत गरिएको थियो । अक्सनबाट समावेश खेलाडीलाई सुटसहित स्टेज उपस्थिति गराउँदै काठमाडौं गुर्खाजले आफ्नो तयारी विशेष रहेको सन्देश दियो ।
सोही कार्यक्रमका बीच काठमाडौंको आफ्नो मुख्य प्रायोजकमा बिवाइडीलाई घोषणा गरेको छ । उक्त कार्यक्रममा काठमाडौं गुर्खाजका अध्यक्ष उपेन्द्र महतो, नेपाल क्रिकट संघ (क्यान) का सचिव पारस,  खड्का, टिम मालिक श्रृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थिए । काठमाडौंको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहयाक प्रशिक्षकसमेत हुन् । काठमाडौं गुर्खाजका अन्य खेलाडी साहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठ छन् । काठमाडौं गुर्खाजले विदेशी खेलाडीमा नेदरल्याण्ड्सका माइकल लेभिट, नामिबियाका कप्तान जेरार्ड इरासमस, इङ्ल्याण्डका क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय