काठमाडौंलाई छिटै प्लाष्टिकमुक्त बनाइनेछः वनमन्त्री ठकुरी

Monday February 3, 2025

पढ्न लाग्ने समय :


वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिनुभएको छ । ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरुले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरुका सुझाव, गुनासो तथा नविनतम आविष्कारलाई सम्बोधन गर्नेगरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताउनुभएको हो ।

उहाँले यथार्थमा हरित शहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताउनु भयो । उहाँले ४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएकाले अहिले सिंहदरबार प्लाष्टिक मुक्त बनेको बताउनु भयो । उहाँले बिस्तारै काठमाडौंलाई नै प्लाष्टिकमुक्त राखिने बताउनु भयो । उहाँले वन डढेलो नियन्त्रण, खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था लगायत युवाहरुले उठाएका सवालहरुमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दे आवश्यकताअनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएको छ । त्यसैले अहिले सिंहदरबार प्लाष्टिकमुक्त बनेको छ । विशेष गरी काठमाडौं उपत्यकाकालाई नै प्लाष्टिकमुक्त बनाउन महानगरपालिका, वन तथा वातावरण मन्त्रालय लगायत संवद्ध सबैको प्रयास भएको छ । नीति कार्यान्वयन गर्ने प्रक्रियामा हामी छौ । वन तथा वातावरण मन्त्रालयमा युवामैत्री कक्ष होस् भन्ने कुरामा निकट भविष्यमा नै व्यवस्था गरिने विश्वास दिलाउन चाहन्छु । हरित शहर बनाउने विषयमा ध्यानाकर्षण भएको छ । हामी त्यतातिर अघि बढ्नेछौँ । वन डढेलो नियन्त्रण , खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था सम्बन्धमा सबै निकाय सजग र शतर्क छौँ । हाम्रो ध्यान गएको छ । ’ 

मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले प्रश्न गरेका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।