काठमाडौँ प्रशासन द्वारा मोटरसाइकल र्‍याली र सभा गर्न रोक

Friday October 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार ,
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ।

युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको थियो। तर काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन्।
युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने सूचना जारी गरेका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख छ।
सूचनामा थप लेखिएको छ, ‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ।’


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।