काठमाडौँमा युवकको हत्या, कैलालीका दुईसहित तीन जना पक्राउ

Friday May 8, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक गुल्मीका २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बुधबार धारिलो हतियार प्रयोग गरी घिमिरेको हत्या गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अछाम साँफेबगर नगरपालिका–४ का २५ वर्षीय महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुर पाँगामा बस्दै आएका २३ वर्षीय रवीन्द्र धामी र कैलालीको घोडाघोडी नगरपालिका घर भई कीर्तिपुर–८ सिनेमाहल क्षेत्रमा बस्दै आएका २२ वर्षीय रोशन बिष्ट रहेका छन्।
प्रहरी वृत्त कीर्तिपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।