कमी, कमजोरी सच्याएर नौलो गणतन्त्रको स्थापना गरौँः अधयक्ष राउत

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अहिले भएका कमी, कमजोरी सच्याएर नौलो गणतन्त्रको स्थापना गर्न जरुरी रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैतिरबाट घेरा हालेर दुई वटा दललाई मात्रै राख्ने गरी काम अघि बढाइरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सामाजिक सञ्जाल विधेयकबाट जनताका आवाज थुन्ने काम भएको बताउनु भयो । उहाँले नौलो गणतन्त्रका लागि संविधान संशोधन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबैतिरबाट घेरा हालेर जसरी हुन्छ दुई वटा दललाई मात्र यहाँ राख्ने, अरु सबैलाई घेरेर बन्द गर्ने, अरुको आवाज पनि बन्द गरिदिने, राणाकालमा पर्चा भेट्दा कारबाही हुन्थ्यो, अहिले पनि सामाजिक सञ्जालमा केही भेट्यो भने कारबाही हुन्छ । अमेरिका, जापानबाट केही लेख्यो भने झिकाउने माग आउँछ । स्टेडियममा कसैले नारा लगाइदियो भने सिसिटिभीमा त्यो फुटेज हेरेर कारबाही गरिन्छ । त्यस्तो खालको लोकतन्त्र हामीले खोजेको होइन । त्यही भएर नै हामीले नौलो गणतन्त्र भनेर नाम दिएका छौँ । अब भएका कमी, कमजोरी सच्याएर जुन व्यवस्था आउँछ, त्यसलाई नै हामलिे नौलो गणतन्त्र भनेका  हौँ । त्यतातिर संविधान संशोधन गर्न हामी लाग्नुपर्छ ।’

अध्यक्ष राउतले एक सय वर्षमा नेपालमा बन्न नसकेको सडक ६ वर्षमा त्यो भन्दा बढी बनेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।