कञ्चनपुर कारागारमा झडप, चिर्पट प्रहारबाट एक थुनुवा घाइते

Sunday March 22, 2026

पढ्न लाग्ने समय :


धनगढीः कञ्चनपुर कारागारभित्र थुनुवाबिच भएको आपसी विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन्।

घाइते हुनेमा वेदकोट नगरपालिका–९ का गणेश विष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार विष्ट लागूऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ का भुवन ऐरले चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ। दुवैजना लागूऔषध सम्बन्धी मुद्दामै थुनामा रहेका व्यक्ति हुन्।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था अहिले खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आपसी विवादकै कारण घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।