कञ्चनपुरमा लालपुर्जा भएको जमिनमा खेती गर्न भारतीय सीमा सुरक्षा बलको अवरोध

Friday April 10, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : भारतीय सशस्त्र सीमा बल (एसएसबी) को अवरोधले गर्दा कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकले जमिन भोगचलन गर्न नपाएको गुनासो गरेका छन् । विगत छ दशकदेखि दसगजा क्षेत्रमा लालपुर्जासहितको जमिनमा खेती गर्दै आएका यहाँका कृषकले पछिल्लो केही वर्षयता भोगचलन गर्नबाट वञ्चित पारिएको गुनासो गरेका हुन् ।

बेलौरी नगरपालिका–१०, सडकघाटका स्थानीय कृषक सुरेश चौधरीले विगत छ दशकदेखि नेपाल–भारत सीमा क्षेत्रको नेपालतर्फ १३ कट्ठा लालपुर्जासहितको जग्गामा खेती गर्दै आउनुभएको थियो तर विगत चार वर्षयता भने दसगजानजिकको १० मिटर चौडाइ तथा पाँच सय मिटर पूर्वी लम्बाइको जमिनमा भारतीय एसएसबीले भोगचलन गर्न नदिएको उनको गुनासो छ।

विगतमा उखु खेती गर्दै आएका चौधरीले विसं २०७८ सालयता १३ कट्ठा जमिन बाझो छोडेका छने । सरकारलाई बर्सेनि मालपोत तिर्दै आएको बताउँदै उनले जमिन उपभोग गर्न नपाउदा घरखर्च धान्नसमेत मुस्किल परेको गुनासो गरे। खेती गर्न जाँदा भारतीय एसएसबीले बन्दुक तर्साएर धपाउने गरेको उनको गुनासो छ।

सडकघाटकै अर्का स्थानीय सन्तोषी चौधरीले पनि दसगजा क्षेत्रमा नेपालतर्फको १२ कट्ठा भूमिमा खेती गर्न नदिइएको गुनासो गरे।

भारतीय एसएसबीलाई बारम्बार जमिन दिन गुहार गरे पनि भोगचलन गर्न नदिँदा जमिन बाँझो परेको उहनले गुनासो गरे । विगतका वर्षमा धान, उखु, गहुँ, दलहन खेती गर्दै आएका उनी भारतीय एसएसबीको अवरोधले गर्दा खेती गर्न नपाएपछि खाद्यान्न किनेर खानुपर्ने बाध्यता रहेको गुनासो गरे।

जमिन उपभोग गर्न पाउनुपर्ने मागसहित नगरप्रमुख, वडाध्यक्ष, प्रमुख जिल्ला अधिकारीसँग पनि आग्रह गरिएको बताउँदै उनले कतैबाट पनि समस्या समाधान नभएको दुःखेसो पाखेका छन।

सोही ठाउँका स्थानीय कमला चन्दले लालपुर्जासहितको एक बिघा जमिन भारतीय एसएसएबीको अवरोधका कारण उपभोग गर्न नपाएको गुनासो गरे । स्थानीय भक्तिलाल चौधरीले दसगजा क्षेत्रको चार कट्ठा जमिन उपभोग गर्न नदिइएको गुनासो गरे । विगत पाँच दशक लालपुर्जा जमिनमा खेती गर्दै आएको बताउँदै उनले चार वर्षदेखि एसएसबीले अवरोध गर्दा जमिन बाँझो छोड्नु परेको गुनासो गरे।

भारतीय एसएसबीले २०७८ सालदेखि बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा क्षेत्र पिल्लर नम्बर ३५ देखि पूर्वतर्फ पिल्लर नम्बर ३६ सम्मका एक दर्जन स्थानीयलाई लालपुर्जा जमिनमा भोगचलन गर्न अवरोध सिर्जना गर्दै आएको यहाँका स्थानीय गुनासो गर्छन् ।

एसएसबीले स्थानीयसँगको विवादका कारण सो क्षेत्रमा खेती गर्न अवरोध सिर्जना गर्दै आएको बुझिएको वडा नं. १० का वडाध्यक्ष सोमलाल चौधरीले बताए । वडाध्यक्ष चौधरीका अनुसार भारतीय एसएसबीले मनलाग्दी तवरले नेपालीलाई जमिन उपभोगमा अवरोध सिर्जना गरिरहेका छन् । एकतर्फी रूपमा एसएसबीले दसगजा क्षेत्रमा स्थानीय रामप्रसाद चौधरीको जमिनभन्दा पश्चिमतर्फको जमिन भोगचलन गर्न दिए पनि पूर्वतर्फको जमिन भने प्रयोग गर्न नदिएको उनले बताए ।

स्थानीय कृषकका गुनासोपछि भारतीय एसएसबीसँग छलफल गरिएको बताउँदै वडाध्यक्ष चौधरीले स्थानीयसँगको विवादपछि एसएसबीले अवरोध सिर्जना गरेको बताए । एसएसबीले सो क्षेत्रका स्थानीयलाई भोगचलन गर्न नदिने अडान लिएको उनको भनाइ छ ।

चार वर्ष पहिले सडकघाटका एक स्थानीय महिला कृषकले दसगजानजिकको जमिनमा काटेर राखेको धानबाली भारतीय एसएसबीले कुल्चिएपछि विवाद सुरु भएको वडाध्यक्ष चौधरीको भनाइ छ । सोही विवादपछि सो आसपासका एक दर्जन स्थानीयको झन्डै पाँच बिघा जमिन भोगचलनमा एसएसबीले अवरोध गर्दै आएको उनले बताए।

भारतीय एसएसबीले गरेको अवरोधका कारण जमिन बाँझो छोड्नु परेको समस्या समाधानका लागि नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गरिएको वडाध्यक्ष चौधरीले बताए। तर सरकारका तर्फबाट ठोस पहल नहुँदा कृषक जमिन भोगचलन गर्नबाट वञ्चित रहेको उनले बताए । अन्तर्राष्ट्रिय सीमा सरोकार समिति कञ्चनपुरका संयोजक पल्लवराज भट्टले दुई देशबिचका सीमाविद् बसेर समस्या समाधान गर्नु अपरिहार्य रहेको बताए ।

भारतीय हस्तक्षेपले कृषकलाई जीविकोपार्जन गर्नसमेत समस्या भोग्नु परेकाले सरकारले कूटनीतिक तवरले समस्या समाधान गर्न उनले माग गरे।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले