कञ्चनपुरमा जुवातास खेल्दै गरेका ८ जना पक्राउ, साढे एक लाखभन्दा बढी नगद बरामद

Sunday August 2, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ निवासी ४० वर्षीय सुरेश चन्दसहित ८ जना रहेका छन्। उनीहरूलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूको साथबाट नगद रु. १ लाख ६१ हजार ९४०चार गड्डी तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।