कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जबाहिर पाटेबाघ, सचेत रहन प्रशासनको आग्रह

Friday February 20, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिँदा स्थानीय त्रसित भएका छन् । प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन्। त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरूलाई सचेत रहन आग्रह गरेको छ।

बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष दमनबहादुर चन्दले बताए। ‘निकुञ्जको सीमा क्षेत्रमा पर्ने खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराएका छौँ,’ उनले भने, ’कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा खबर गर्न आग्रह गरेका छौँ।’

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।