कञ्चनपुरको बेलौरीका विद्यालय चार दिन बन्द

Tuesday January 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकाले पालिकास्थित विद्यालयहरूमा थप चार दिन बिदा दिएको छ।

मौसम प्रतिकूलताका कारण मङ्गलवारदेखि पुस २५ गतेसम्म चार दिन जाडो बिदा दिइएको पालिकाकाले बताएको छ।

यसअघि पुस १७ र १८ गते पनि पालिकास्थित विद्यालयहरूमा जाडो बिदा दिइएको थियो।

हालको मौसमी प्रतिकूलताका कारण विद्यार्थी, शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई दृष्टिगत गर्दै विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टी हुने गरी बेलौरीस्थित सामुदायिक र संस्थागत सबै विद्यालयमा जाडो बिदा दिइएको हो। मङ्गलवारदेखि आगामी शनिवारसम्म विद्यालयहरू बन्द रहनेछन् ।

अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने भएकाले विद्यालयहरूमा जाडो बिदा दिइएको होे । बिदाको समयमा सुरक्षित तरिकाले घरमा बसेर अध्ययन गर्न पालिकाले विद्यार्थीहरूलाई आग्रह गरेको छ । बेलौरी नगरपालिकामा ३१ सामुदायिक र २१ संस्थागत गरी ५२ विद्यालय सञ्चालनमा छन् ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।