कञ्चनपुरकी आयशा चौधरी गुगलमा पूर्णकालीन सफ्टवेयर इन्जिनियर

Friday February 20, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरको बेलौरीकी कम्प्युटर विज्ञानकी विद्यार्थी आयशा चौधरीले विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलमा पूर्णकालीन सफ्टवेयर इन्जिनियरको जागिर सुरक्षित गरेकी छन्।

यसअघि उनले गुगलमै सफ्टवेयर इन्जिनियर इन्टर्नका रूपमा काम गरेकी थिइन्। इन्टर्नसिपपछि उनलाई प्रि–प्लेसमेन्ट अफर (पिपिओ) प्राप्त नभए पनि उनले हार नमानी निरन्तर प्रयास जारी राखिन्। आवेदन दिने, नयाँ सीप सिक्ने र आफूलाई निरन्तर सुधार गर्ने यात्रालाई उनले रोकिन दिइनन्।
उनको निरन्तरता र मेहनत अन्ततः सफल बनेको छ। सानो सहरबाट पनि ठूलो सपना देख्न सकिन्छ र कडा परिश्रम तथा धैर्यताले अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकिन्छ भन्ने उदाहरण आयशाले प्रस्तुत गरेकी छन्।
उनको सफलता सुदूरपश्चिम मात्रै होइन, समग्र नेपाली विद्यार्थी समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।


भर्खर

कैलालीमा बोइलर कुखुराको मासु खाएका २ जनाको मृत्यु

धनगढीः कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ