कञ्चनपुरका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर

Wednesday June 17, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरका सामुदायीक विद्यालयमा अध्ययनरत सात वटा विद्यालयका एक हजार ८०९ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरले नाक, कान, घाँटी, दात र आँखा विशेषज्ञ स्वास्थ्य निःशुल्क शिविर सञ्चालन गरेको हो।
जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक सिद्धराज भट्टले विद्यालयमै पुगी विशेषज्ञ चिकित्सकद्वारा नाक, कान तथा घाँटीसम्बन्धी रोगको परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण र उपचार गरिएको जानकारी दिए। शिविरमा आखाँको १५५ नाक, कान र घाँटीको ४३७ र दातको १४९ जनाको समस्या पहिचान गरि निःशुल्क उपचार गरिएको स्वास्थ्यकर्मीहरुले बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।