कञ्चनपुरका लिलाराम सुनारको हत्या उन्कै डिभोसी श्रीमतीले गरेको खुलासा

Wednesday May 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरका लिलाराम सुनारको हत्या श्रीमतीले गरेको खुलेको छ। जिल्लाको दोधाराचाँदनी नगरपालिका–५ मा घरमै धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका ४५ वर्षीय लिलारामको हत्या उनकी श्रीमती यशोदाले नै गरेको खुलेको हो।

सोमवार बिहान लिलारामको हत्या भएको भन्दै यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् । प्रारम्भिक अनुसन्धानपछि भने हत्या उनैले गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आपसी विवादका क्रममा यशोदाले चक्कु प्रहार गरी श्रीमानको हत्या गरेकी हुन् । ‘दुवै जनाबिच विवाद भएपछि लिलारामले “मारिदिन्छु” भन्दै चक्कु देखाएका रहेछन् । त्यसपछि यशोदाले सोही चक्कु खोसेर प्रहार गरेको देखिन्छ,’ कञ्चनपुर प्रहरीले भन्यो।

प्रहरीसमक्षको बयानमा यशोदाले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । तर, दुवै जनाबिच यसअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो । सम्बन्ध विच्छेद भए पनि पछिल्लो केही समयदेखि यशोदा पुनः लिलारामको घरमा बस्दै आएकी थिइन् ।

मदिरा सेवनका कारण दुवैबिच बेला–बेला विवाद हुने गरेको बताइएको छ । उनीहरूकी एक छोरी रहेकी छन्, जसको विवाह भइसकेको छ ।

‘हाम्रो डिभोर्स भइसकेको थियो । तर उहाँको खुट्टा भाँचिएको थाहा पाएपछि हेरचाह गर्न फर्केर आएकी थिएँ,’ “तलाई मार्छु” भन्दै ममाथि आक्रमण गर्न आएपछि रिसको आवेगमा चक्कु खोसेर प्रहार गरेँ,’ उनले प्रहरीलाई भनेकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलनमार्फत घटनाबारे थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।