कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा जित नजिक

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जित नजिक पुगेका छन। प्रतिनिधि सभा सदस्यको कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा जनक सिंह धार्मी १५ हजार चार सय एक मतसहित पहिलो स्थानमा रहेका छन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना मगरको पाँच हजार तीन सय ६३ मत रहेको छ। नेपाली काँग्रेसका गोपी प्रसाद उपाध्यायको पाँच हजार २ सय ८७ मत रहेको छ। एमालेका तारा लामा तामाङको पाँच हजार एक सय ५० मत रहेको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहरा जित नजिक गरेका छन्। बोहराको २८ हजार नौ सय ९६ मत रहेको छ। नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदको नौ हजार तीन सय १० रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव प्रसाद पन्तको पाँच हजार चार सय एक रहेको छ। एमालेका उम्मेदवार बचनबहादुर सिंहको पाँच हजार तीन सय १९ मत रहेको छ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महताको १३ हजार नौ सय ७६ मत रहेको छ। नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद बोहराको पाँच हजार तीन सय नौ मत रहेको छ। एमालेका दीपक प्रकाश भट्टले चार हजार छ सय १७ मत पाएका छन्। नेकपाका मान बहादुर सुनारको हालसम्म २ हजार पाँच सय २५ मत रहेको छ। यो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।