कक्षा १२ मा १ लाख ८२ हजार ९२६ विद्यार्थीको नतिजा ननग्रेडेड !

Tuesday August 15, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार ४९.०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) भएका छन् । कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएको बोर्डले जानकारी दिएको छ । जसअनुसार कूल ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९२६ विद्यार्थी ननग्रेडेड भएका हुन् ।

तर, गत वर्षको नतिजाको तुलनामा यस वर्ष ननग्रेडेड हुने विद्यार्थी २.८१ प्रतिशतले घटेको देखिएको छ । गतवर्ष १ लाख ८८ हजार ४१० विद्यार्थी अर्थात् ५१.९० प्रतिशत विद्यार्थीको एनजी आएको थियो ।

यस्तै यसवर्ष ६ हजार ९ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका छन् । यस्तै ३.२१ देखि ३.६० जिपिए ल्याउन विद्यार्थी ३८ हजार ९ सय ९९ रहेका छन् ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी रहेकोमा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएको र ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएको बोर्डले जानकरी दिएको छ ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा:

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।

त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।