कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो

Wednesday December 6, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।  रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ ।

यस्तै रजिस्ट्रेसन आवेदन फाराम बापत बोर्डमा बुझाउनुपर्ने रकम पौष १५ गतेसम्म प्रति विद्यार्थी रु. ४ ००सहित बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने छ ।

सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा पौष मसान्तभित्र विलम्ब शुल्क सहित (प्रति विद्यार्थी र. ८००) का दरले हुन आउने रकम दाखिला गरी मिति माघ १५ गतेभित्र सम्बन्धित विद्यालयहरूले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाई सक्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचनामा अतिरिक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूले समेत अनिवार्य रूपमा आफूले अध्ययन गर्न चाहेको विषय रजिस्ट्रेसन फाराममा उल्लेख गर्नुपर्ने उल्लेख छ । रजिस्ट्रेसन आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्नेछ ।

11


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।