ओली–लेखकलाई तत्काल रिहा गर्न एमाले दलको नेता रावलको माग

Wednesday April 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले एमाले अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन्।
प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै उनले २३ र २४ गतेको घटनामा संलग्नता नै नभएका नेताहरूलाई पक्राउ गरेर सरकारले मानवअधिकारको समेत उल्लंघन गरेको बताएका थिए। ‘देश अराजकतावादतर्फ धकेलिएको छ। विधिको शासन अन्त्य हुँदै गइरहेको छ,’ उनले भने,‘कुनै कसुर प्रमाणित नभएरै हाम्रो पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई थुनामा राखिएको छ । तत्काल रिहा गर्नुपर्छ ।’
संसद भवनदेखि व्यक्तिको घर जलाउनेसम्मका व्यक्तिहरूको खोजी हुनुपर्ने उनले बताए। आफ्नो घर जलाउन लगाउनेहरूको विस्तृत विवरण र सूचना रहेको उनले संसदलाई जानकारी गराएका थिए। घर, संसद र सर्वोच्च जलाउनेहरूले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक ढंगले निर्वाह गर्न नसक्ने बताएका थिए। सांस्कृतिक विचलन भइरहेको भन्दै त्यसलाई जोगाउन आवश्यक रहेको बताएका थिए।
नेपाली जनता अत्यन्त समस्याग्रस्त अवस्थामा रहेको बताउँदै उनले सार्वभौम सत्ता, राष्ट्र र व्यवस्था जोगाउनु चुनौती रहेको बताएका थिए। ग्रामीण तथा पिछडिएको क्षेत्रमा जनता समस्यामा रहेको उनले बताए। जनताको विश्वासअनुसार काम गर्ने जिम्मेवारी रहेको भन्दै रावलले प्रदेशले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका थिए।
संघीय सरकारसँग समन्वय बढाउँदै सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासलाई तीव्रता दिन आवश्यक रहेको बताएका थिए। थन्किएका विधेयकहरूलाई तीव्रताका साथ अगाडि बढाउन पनि उनले सुझाव दिएका थिए। सरकारले खर्च बढाउन नसकेको भन्दै अब विकासका कामहरूलाई तीव्रता दिनुपर्ने बताएका थिए। सहभागितामूलक विकासको पद्धति अगाडि बढाउनुपर्ने भन्दै संसदलाई क्रियाशील बनाउनु पर्ने बताए। प्रदेश सरकारका असल काममा कर्मचारीहरूले पनि साथ दिनुपर्नेमा रावलले जोड दिएका थिए।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले