ओलानी रुटमा चल्ने अटोको आधिकारिक भाडादर सार्वजनिक,मनोमानी भाडा लिए कार्वाही गर्ने
पढ्न लाग्ने समय :
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, १०, ११ र १२ क्षेत्रमा सञ्चालन हुने अटो रिक्साको भाडादर समायोजन गरिएको छ। ओलानी यातायात प्रा.लिले नयाँ भाडादर सूची सार्वजनिक गर्दै समायोजित भाडा तत्काल लागू गरिएको जनाएको छ।
सार्वजनिक गरिएको नयाँ भाडादर अनुसार अत्तरियादेखि मालाखेती चोकसम्म रु ४०, मालाखेतीसम्म रु ५०, स्वर्गारी पुजनको पसलसम्म रु ६०, भट डिलरसम्म रु ७०, बोङ्गेसालसम्म रु ८०, गौँडी बजारसम्म रु ८०, कृष्ण मन्दिर–गोदडा स्कुलसम्म रु १००, रेगुलेटरसम्म रु १ सय १०, राम मन्दिर वडा कार्यालयसम्म रु १ सय २०, शिव मन्दिरसम्म रु १ सय ३०, गोठनसम्म रु १ सय ३०, कोलम्बुडासम्म रु १ सय ५०, सितापुर चौराहासम्म रु ८०, भागेश्वरी–सालतडी–गजरोलासम्म रु १००, टमाटाको पसलसम्म रु १००, पनेर पसलमाथि चौराहासम्म रु १ सय १० तथा भोटे डाँडा मन्दिरसम्म रु १ सय २० कायम गरिएको छ।
ओलानी यातायात प्रा.लिले यात्रु तथा चालक दुवैको हितलाई ध्यानमा राख्दै भाडादर समायोजन गरिएको जनाएको छ। नयाँ भाडादर सूचीअनुसार सेवा सञ्चालन गर्न सबै चालकलाई निर्देशन दिइएको कम्पनीले जनाएको छ।
यस्तै, तोकिएकोभन्दा बढी वा मनोमानी भाडा असुल गरेको पाइए आवश्यक कारबाही गरिने चेतावनी दिँदै समितिले सम्बन्धित रुटको आधिकारिक भाडादर सार्वजनिक गरेको छ।
