ओमानलाई हराउँदै नेपाल फाइनलमा

Sunday June 7, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हरायो । नेपालले यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ ।
जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए ।
उनले २६ बलमा सात चौका र एक छक्का हाने । ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङमा ओमानका समिर ओथामनले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाए । जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे ।

बलिङमा नेपालका करण केसीले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
पराजित ओमानले पनि यसअघि नै एसियन गेम्समा स्थान बनाईसकेको छ । उपाधिका लागि नेपालले मलेसिया र हङकङबिचको सेमिफाइनल विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।