एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग पराजित

Friday October 4, 2024

पढ्न लाग्ने समय :


एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा आयोजक नेपाल पहिलो खेलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो।  यस्तै अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो। चाइनीज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। जसमा ओपनिङ सेसन अघि सात खेल सम्पन्न भएको छ।  प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।