एसिया कप खेल्न नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तान र श्रीलंकामा भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा भाग लिन नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेका हुन् ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन्। समूह ‘बी’मा श्रीलंका बंगलादेश र अफगानिस्तान छन्।

नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ। नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । भदौ १८ गते श्रीलंकामा खेल्ने दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे।


भर्खर

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको

बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको