एसपिए कलेजकी नीतिका अवस्थी व्यवस्थापनतर्फ ‘नेपाल टप’

Saturday June 20, 2026

पढ्न लाग्ने समय :


धनगढीः राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्थापन संकायतर्फ ३.९६ हासिल गर्दै नेपाल प्रथमहरु मध्य एक बन्न सफल भएकी छन्। यस उपलब्धिसँगै एसपिए कलेजले पुनः एकपटक राष्ट्रिय स्तरमा आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ।
निरन्तर मेहनत, अनुशासन र अध्ययनप्रतिको समर्पणका कारण उनले कक्षा १२ मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै देशकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी हुन्।
एसपिए कलेजका लागि यो उपलब्धि नयाँ इतिहास भने होइन।

यसअघि पनि मा।वि। तथा क्याम्पसका विभिन्न विद्यार्थीहरुले प्रदेश र नेपालकै उत्कृष्ट नतिजा ल्याउँदै कलेजलाई उत्कृष्ट कलेजका रुपमा चिनाउँदै आएका छन्। नीतिका अवस्थीले फेरि एकपटक त्यही गौरवशाली शैक्षिक इतिहास दोहोर्‍याउँदै एसपीए कलेजलाई राष्ट्रिय शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गरेको कलेजका प्राचार्य बुधराम चौधरीले बताए।

यस सफलताको लागि आफ्नो छोरीको मेहेनतका साथै शिक्षकहरुको प्रेरणा र उचित मार्गदर्शनले यो सफलता प्राप्त भएको नितिकाका बुवा टेकराज अवस्थीेले बताएका छन्। त्यस्तै , आफ्नो मिहेनतका साथै अनुभवी एवम् उत्कृष्ट शिक्षकहरुको शिक्षण पद्धति र उचित सल्लाहले यो उचाइ हासिल गरेको विद्यार्थी नितिका अवस्थीले बताइन्।
नीतिकाको यो सफलता केवल व्यक्तिगत उपलब्धी मात्र नभई सिंगो सुदूरपश्चिम प्रदेश र विशेषगरी धनगढीका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। एसपीए कलेजले लगातार उत्कृष्ट नतिजा दिँदै आएको परिप्रेक्ष्यमा यस वर्षको उपलब्धीले संस्थाको शैक्षिक साखलाई अझ मजबुत बनाएको छ।
राष्ट्रिय स्तरको यो सफलतासँगै एसपीए कलेजले फेरि एकपटक शैक्षिक इतिहास रचेको छ र गुणस्तरीय शिक्षाको प्रतीकका रूपमा आफ्नो पहिचानलाई थप सुदृढ बनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।