एसईईको ‘ग्रेडवृद्धि’ परीक्षा साउन २६ र २७ गते (सूचनासहित)

Saturday July 8, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज एक सूचना जारी गर्दै ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको हो ।

बोर्डले अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले बढीमा दुई विषयसम्म तथा अनुपस्थित रहेका परीक्षार्थीले पनि दुई विषयमा पूरक परीक्षा दिने पाउने जनाएको छ।

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिनको परीक्षा दिनुपर्नेछ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्नेछ।

गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा गत बिहीबार प्रकाशित भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।