एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना, जनआन्दोलन भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी

Wednesday March 12, 2025

पढ्न लाग्ने समय :


शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएको हो । अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले निर्णायक चरणको आन्दोलन जनआन्दोलन भन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी दोस्रो दिनको धर्नाअन्तर्गत नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयमा धर्नामा छौँ । यही दलबाट प्रधानमन्त्री पनि हुनुहुन्छ । अब नेपाली शिक्षक, कर्मचारीहरुले यो अन्तिम चरणको आन्दोलनको रुपमा अघि बढाइरहेका छौँ । यसपछि रिले अनसनमा जान्छौँ । चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन हुन्छ, देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आएर जनआन्दोलन भन्दा ठूलो आन्दोलन शिक्षक, कर्मचारीले गर्दैछौँ । त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दछौँ । कि जितिन्छ, कि बितिन्छ त्यो मानसिकताबाट हामी आन्दोलनमा छौँ ।’

कि जितिन्छ, कि बितिन्छ भन्ने मानसिकताबाट आफूहरु अघि बढिरहेको बताउनु भयो । उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते