एमालेले विद्यादेवी भण्डारीलाई सदस्यता दिने

Monday May 18, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेकपा (एमाले)को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ ।
एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको बताए। उनले भने, “आज भएको एउटै के हो भने महत्त्वपूर्ण निर्णय पूर्व राष्ट्रपतिको सदस्यता दिने निर्णय भएको छ ।” उनले एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमा बस्ने पनि बताए।
आजको बैठकमा महासचिव शङ्कर पोखरेलले विभिन्न १० वटा एजेन्डा प्रस्तुत गरेका थिए। उनका अनुसार आजको बैठकमा पदाधिकारीहरूको वरियता निर्धारण सम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारका काम र क्रियाकलापका सन्दर्भ, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यको कार्यविभाजन, संविधान संशोधन सुझाव कार्यदल गठनका एजेन्डा प्रस्तुत भएका छन् ।
यसैगरी, निर्वाचनको समीक्षा प्रतिवेदन कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, सङ्गठन विभागको कामलाई तत्काल अघि बढाउनुपर्ने लगायतका विषयमा उठेका छन् । यी विषयमा एमालेको अर्को सचिवालय बैठकले छलफल गरेर निर्णय गर्ने उनले बताए।


भर्खर

कैलालीमा एकैदिन ८ जना पक्राउ

धनगढीः कैलालीमा एकैदिन लागूऔषध र चरेशसहित ८ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट खैरो

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि निर्विरोध निर्वाचित

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ

धनगढीमा भूमिगत पानी सुक्यो, दमकलमार्फत खानेपानी वितरण गरिदै

धनगढी :  कैलालीको धनगढीमा भूमिगत पानी सुकेको छ। धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार क्षेत्रका नलका तथा