एमालेका उम्मेदवार ढुङ्गानाको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक

Sunday February 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेबाट उम्मेदवार रहेका यज्ञराज ढुङ्गानाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता उनको रहेको छ।

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आइटी सेवा विस्तार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना सार्वजनिक गरिएको छ। स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै निजी अस्पतालसम्म विस्तार गर्ने, सेती प्रादेशिक अस्पताललाई सङ्घीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने प्रतिबद्धता समेत ढुङ्गानाको छ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन र ६ सय शैय्याको अस्पताल स्थापना गर्ने विषय उनको प्राथमिकतामा छ। युवालक्षित सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप कर्जाको दायरा विस्तार तथा “एक युवा, एक रोजगार” अभियानमार्फत पाँच वर्षमा कम्तीमा पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य ढुङ्गानाले प्रस्तुत गरेका छन्। औद्योगीकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने र श्रमिकको न्यूनतम ज्याला प्रभावकारी कार्यान्वयन गर्न पहल गरिने उनको प्रतिवद्धता छ।

कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, खाद्य प्रशोधन उद्योग स्थापना तथा भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरणको कामलाई तीव्रता दिने उहाँको प्रतिबद्धता पत्रमा उल्लेख छ। पूर्वाधारतर्फ सडक, खानेपानी, खेलमैदान तथा सहरी विकासलाई प्राथमिकतामा राख्दै धनगढीमा “एक घर, एक धारा” नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने बताउनुभएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।