एमालेका उपमहासचिव लेखराज भट्टकाे प्रतिनिधि सभा सदस्यमा लगातार दोस्रो हार

Sunday March 8, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

धनगढी:  एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित भएका छन।

गृह नगरसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ मा उनी दोस्रो पटक पराजित भएका हुन। उनले नौ हजार ४४४ मतका साथ तेस्रो स्थान प्राप्त गरे। यो क्षेत्रमा रास्वपाका खेमराज कोइराला विजयी भएका छन।

उाले कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टलाई पराजित गरे। यसअघि, सोही क्षेत्रमा दुई पटक चुनाव जितेका भट्ट भने तेस्रो स्थानमा सीमित भए । यसअघि, उनी २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरसँग पराजित भएका थिए।

संविधान सभाको निर्वाचनमा भने भट्ट विजयी भएका थिए।

यसैगरी, कैलाली क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री गौरीशङ्कर चौधरीले  पनि हारेका छन। एमालेका उम्मेदवार उनले धरौटीसमेत जोगाउन सकेनन। चौधरी चौथो स्थानमा सीमित भए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।