एभरेस्ट महिला भलिबलः कर्णाली एसभिसको दोस्रो जित, गण्डकी थन्डर्सको दोस्रो हार

Tuesday October 1, 2024

पढ्न लाग्ने समय :


कर्णाली एसभिसले मंगलवार गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकाल्दै जारी एभरेस्ट महिला भलिबल लिग ९इडब्लुभिएल० मा दोस्रो सफलता प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जितसँगै लिगमा दोस्रो सफलता प्राप्त गरेको हो । गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन नसक्दा लगातार दोस्रो हार सामना गर्नुप¥यो । सरस्वती चौधरीको कप्तानीमा रहेको गण्डकीले पहिलो २५–१५ ले सहजै आफ्नो बनाउँदै कर्णालीमाथि हाबी हुने संकेत गरेको थियो । तर कर्णाली लयमा फर्कियो । कर्णालीले यो सेट २५–२२ ले रोमाञ्चक जित निकाल्दै बराबरी ग¥यो ।

कर्णाली यो सेट जितसँगै उत्कृष्ट लयमा फर्कियो । ग्रिसकी अपोजिट हिटर एथानासिया लिएगकी चम्किएपछि लयमा तेस्रो सेट पनि आफ्नो बनाउन सफल भयो । तेस्रो सेट कर्णाली एसभिसले २५–१७ ले सहजै आफ्नो आफ्नो पक्षमा गण्डकीमाथि पूर्ण दबाब बनायो । तर चौथो सेटमा कर्णाली डिफेन्ससँगै तालमेल बिगा¥यो । यससँगै गण्डकीले त्यसको फाइदा लिँदै चौथो सेट २५–१९ ले आफ्नो बनायो । यससँगै सेटमा २–२ को बराबरी भएपछि खेलको निर्णयका लागि पाँचौं तथा निर्णायक सेटमा धकेलियो । यो सेटमा कर्णाली एसभिसले सुरुआती देखि नै दबाब बनाउँदा १०–५ को अग्रता बनायो । तर गण्डकीले पटकपटक पुनरागम गर्ने संकेत गरे पनि सफल हुन सकेन । यो सेट पनि कर्णाली १५–१२ ले आफ्नो बनाउँदै रोमाञ्चक जित निकाल्यो । जितसँगै कर्णाली एसभिसले दुई खेलबाट पाँच अंक बटुल्यो ।

दोस्रो खेलमा हारका बाबजुद गण्डकी थन्डर्सले एक अंक बटुलेको छ । यसअघि पहिलो दिन ललितपुर क्विन्स र चितवन शक्तिले पनि समान एक खेलमा जित निकालेका छन् । प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्ट र १२ स्वदेशीसहित कुल १७ खेलाडी छन् । सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्र्रश्तुत गरिरहेका छन् । प्रत्येक टोलीले एकआपसमा खेलेपछि लिगका शिर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।