एन्ड्रयु लियोनार्ड धनगढी आउँदै, तीव्र गतिको बलरको खोजी गरिने

Thursday April 30, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपालकै सबैभन्दा तीव्र गतिको बलरको खोजी गर्ने उद्देश्यसहित ‘वल्र्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण यही वैशाख १९ गते धनगढीमा आयोजना हुने भएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कको आयोजनामा हुन लागेको यस कार्यक्रममार्फत क्रिकेटप्रति रुचि राख्ने युवा प्रतिभाहरूलाई आफ्नो बलिङ गति, सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने वल्र्ड लिङ्कको धनगढी शाखा कार्यालयका प्रमुख हेमन्त बुढाले बताए। उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूले विशेष उपकरणमार्फत आफ्नो बलिङ स्पीड मापन गराउनेछन्, जसबाट उत्कृष्ट र छिटो बलर छनोट गरिनेछ।

आयोजकका अनुसार कार्यक्रमले स्थानीय तथा राष्ट्रिय स्तरका उदीयमान खेलाडीहरूलाई चिनाउने र उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। क्रिकेट प्रेमी खेलाडीहरूलाई उत्साहका साथ सहभागिताका लागि आह्वानसमेत गरिएको छ। प्रतियोगितामा खेलाडीहरूले निःशुल्क रूपमा सहभागिता जनाउन पाउने शाखा प्रमुख बुढाले बताए ।

कार्यक्रमलाई अझ आकर्षक बनाउने उद्देश्यले प्रसिद्ध अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयु लियोनार्ड धनगढी आउने जनाइएको छ। उनको उपस्थितिले प्रतियोगिताको माहोल थप रोचक र प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

यसअघि सम्पन्न ‘वल्र्ड लिङ्क बिट द स्पीड’को दोस्रो संस्करणबाट तिब्र गतिको बलरका रूपमा धनगढीबाट हिक्मत महरा विजयी भएका थिए। आयोजकका अनुसार यस वर्षको संस्करण अझ प्रतिस्पर्धात्मक र व्यवस्थित हुने गरी तयारी तीव्र पारिएको छ। उक्त कार्यक्रम १९ गते दिउँसो ४ बजे धनगढी क्रिकेट एकेडेमीमा हुने जनाइएको छ।

स्थानीय क्रिकेटको विकास र नयाँ प्रतिभा उत्पादनमा टेवा पु¥याउने विश्वाससहित आयोजना हुन लागेको यस कार्यक्रमप्रति खेलाडी तथा क्रिकेट प्रेमीहरूको उत्साह बढ्दै गएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।