एनपिएलको माहोलसँगै खेलमा भविष्य देख्दै मधेसवासी

Saturday November 16, 2024

पढ्न लाग्ने समय :


नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खबर र त्यसका गतिविधीहरुसँगै जनकपुरधामसहित  मधेसमा खेल जगतमा आफ्नो भविष्य देख्नेहरुमा आशा पलाउन थालेको छ । नेपाली खेलाडीहरुको पनि लाखौँमा विक्री हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरु नेपालीसँग खेल्न आउन लागेको खबरहरुले मधेसको खेल क्षेत्र उत्साहित बन्दै गएको छ । जनकपुरधामको वडा नं. १४ रजौलमा प्रश्तावित रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला टुर्नामेण्ट बाहेक सुनसान रहन्छ । रंगशालामा आज खेलाडी र युवादेखि बालबालिकाहरुको उत्साहजनक सहभागिता छ । शनिवार एनपिएलका लागि घोषणा भएको जनकपुर बोल्ट टिमले देशव्यापि कार्यक्रम अन्तर्गत आफ्ना टिमलाई चाहिने दुईवटा खेलाडी छान्न जनकपुरधामस्थित रंगशालामा आयोजना गरेको टाइलेण्ट हन्ट ईभेण्टमा खेलाडी मात्र नभइ खेल्न चाहने बालबालिकादेखि युवाहरु पोशाकमा सहभागिता जनाए ।

उनीहरु एनपिएलको आयोजनाले देश मात्र नभई खेलमा सुस्ताएको मधेसको युवाहरुमा आशा जागेको बताउछन् । मधेसको आठवटै जिल्लाका आधिकारिक निकाय क्यानका जिल्ला सञ्जालहरु पनि एनपिएलका कारण मधेस र जनकपुरधामको क्रिकेट विरासत अब पुनः लयमा फर्किने प्रशस्त सम्भावना रहेको बताउँछन् । क्यान धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे विश्वमा नेपाल अब क्रिकेटका कारण पनि चिनिने र आफूहरुलाई गर्व लाग्ने बताउनु हुन्छ ।

खेलाडीको प्रतिभा अनुगमन गर्न व्यस्त जनकपुर बोल्टका प्रशिक्षक मनोज कटुवाल मधेसका खेलाडी र छनौट हेर्न आएका युवादेखि बालबालिकाहरुको उत्सुकता र उत्साहले पहिलो एनपिएल भव्य हुने बताउनु हुन्छ । अब खेलाडी पनि बन्नुपर्छ भन्ने सपना र लक्ष्य प्राथमिकता पर्न थाल्ने सम्भावना देखिन थालेको बताउनु भयो । २०४० को दशकमै जनकपुरधाममा तत्कालिन जनकपुर चुरोट कारखाना, श्री महाविर युवा कमिटीसहितका बलिया क्रिकेट टिम सक्रिय थिए । त्यसबाट राष्ट्रिय टोलीसम्म पुग्ने खेलाडीहरु पनि धेरै थिए । नेपालमा क्रिकेट भन्ने बित्तिकै जनकपुरधाम स्मरण हुने भएपनि पछिल्लो समय जनकपुर र मधेसमा क्रिकेट सुस्ताएको थियो । तर देश, विदेशमा नेपाली टिम र हुन लागेको एनपिएल जस्ता चर्चित क्रिकेटका ईभेण्टहरुले आशाको सृजना गर्ने काम गरेको छ भने भौतिक संरचना र खेलमा लगानीका लागि राज्यलाई दबाब बढ्नेछ ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ