एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रयास सुरु गरिएको छः मन्त्री श्रेष्ठ

Friday April 5, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रयास सुरु गरिएको बताएकी छन्।

एक महिना कार्यालय पुरा भएसँगै अहिलेसम्मका उपलब्धी र भावी योजनाबारे जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पाठ्यक्रमको गुणस्तरदेखि विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनेसम्मका काम भएको जानकारी दिइन्।

उनले शिक्षा क्षेत्रलाई राजनीतिकमुक्त बनाउनका लागि कार्यदल बनाएर काम भइरहेको बताइन्। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्ने गरि कानून बनाउन आफूले आग्रह पनि गरेको उनले बताइन्। मन्त्री श्रेष्ठले अन्य मन्त्रालयमा चाहिने मानव श्रोतका बारेमा जानकारी लिएको र प्रशिक्षार्थीसम्बन्धी कार्यविधि स्वीकृत गरिरहेको जिकिर गरिन्। उनले मन्त्रालयलाई पूर्णरुपमा डिजिटल बनाइएको र मन्त्रालयमा फाइल अड्कने समस्या समाधान गर्न डिजिटल हस्ताक्षर सुरु गरिसकेको बताइन्।

उनले विद्यालय शिक्षा विधेयकलाई छिटै अघि बढ्ने विश्वास व्यक्त गर्दै विभिन्न मापदण्डहरु पनि छलफलका क्रममा रहेको उल्लेख गरिन्। तीनै तहको सरकारबीच समन्वय गर्दै राष्ट्रिय मापदण्डअनुसार काम गर्न आफुले अनुरोध गरेको उनको भनाइ छ।

त्यस्तै उनले सामूदायिक विद्यालयहरुमा आवश्यकता अनुसार लगानी गर्ने भन्दै त्यस अनुसारको नजिता नआए कारवाही गर्ने धारणा राखिन्। उनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउने र त्यसका लागि अध्ययन गरिने जानकारी दिइन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।