एक अर्कालाई सिध्याउने खेलमा लागेपछि रास्वपा नेता विच धनगढीमा कुटाकुट
पढ्न लाग्ने समय :
धनगढी : असार एक गते राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को पहिलो सुदूरपश्चिम प्रदेश महाँधिवेसन धनगढी स्थित ऋद्धिशिद्धि पार्टीप्यालेसमा जारी रहेको थियो ।
नयाँ नेतृत्वका लागि मतदान सकिएर मत गणना जारी थियो । तर रास्वपाकै कार्यकर्ता विच निर्वाचन स्थलमै कुटाकुट हुदा माहोल नेतृत्व भन्दा पनि अर्कैतर्फ मोडिएको थियो ।
मध्य राती आफुमाथि कुटपिट हुनुका साथै बहुमुल्य भौतिक सम्पति लुटिएको भन्दै फागुन २१ गते सम्पन्न प्रतिनिधि सभामा बझाङबाट उम्मेदवार भइ पराजय वेहोरेका शैलेश कुमार सिंहले असार २ गते सामाजिक सञ्जालमा स्टाटसनै लेखे । शत्तारुढ दलकै अधिवेसनमा सुरक्षा व्यवस्था कम्जोर रहेको भन्दै शैलेको स्टाटसमा अधिकांसले प्रश्न समेत गरेका थिए । सो घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लगेर छानविन समेत अघि बढाएको छ ।
तर बिहीबार सोही घटनामा आफु पिडित रहेको भन्दै सामाजिक सञ्जाल मार्फत शैलेश कुमार सिंहको दाविलाई खण्डन गरिदिएका छन् । भरत बहादुर बोहराको सामाजिक सञ्जाल (फेसबुक)बाट पोष्ट गरिएको सो खण्डनमा उल्टै शैलेसमाथि गम्भिर आरोप लगाइएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा आफुलाई असहयोग गरेको भन्दै शैलेशले पटक–पटक आफुलाई बदलाको भावनाले हेर्दा असार १ गते घटना भएको भरत बोहराको दावि छ ।
बझाङको बुंगल क्षेत्रमा चुनावि प्रचार/प्रशारका लागि आफुलाई ६/७ लाख रुपैंया दिएको बताउने भरतले सो रकमको आफुले एक–एक हिसाव दिएको बताएका छन् । तर शैलेशले बुंगलमा मात्रै आफ्नो ३० लाख खर्च भएको र सो बराबरको भोट नआएको भन्दै आफुलाई पटक-पटक मानसिक यातना दिएको बोरहाको आरोप छ । आफुले ६/७ लाखेको हिसाव बुझाउन खोज्दा उल्टै अचाक्लि गाली वेइज्जत गरेको समेत बोहराले आरोप लगाएका छन् । ‘बरु बुंगलमा भोट किनेको भए त्यो भन्दा बढी मत आउथ्यो होला, तलाई ३० लाख दिएम मत नै आएन, तेरो हिसव गर्छु भन्दै शैलेशले मलाई चुनाव सएिपछि पटक-पटक धम्क्यिाएका थिए,’ भरतले आफ्नो स्टाटसमा लेखेका छन्, असार १ गते पुनः सोही विषयलाई झिकेर शैलेशले ममाथि हात पात गरेपछि यो घटना सिर्जित भएको हो, यो घटनाको पिडीत म हो, शैलेशले मिडियामा भ्रम सिर्जना गरेका मात्र हुन् ।’
प्रदेश अधिवेसनबाट आफु रास्वपाको केन्द्रिय महाधिवेसन प्रतिनिधि बन्न खोज्दा शैलेशले राक्न खोजेको समेत बोहराको आरोपछ । साथै उनले असार १ गते भएको घटनामा राज्यशत्ताको दुरुपयोग गरेर निद्र्वोशलाई फसाउने सड्यन्त्र रचिएको आरोप पनि लगाएका छन् । ‘शैलशले म माथि हातपात गरेपछि म प्रतिकारमा उत्रेको हु, त्यसमा दुवै पक्षका अन्य साथि जोडिदा ठुलो भयो, तर प्रहरीले घटनाको कुनै अनुसन्धान नै नगरी गम्भिर घाइते भएका बुंगल नगरपालिका-२ का गोविन्द धामीलाई हिरासतमा राखेर अन्याय गरेको छ, यसमा राज्य शक्ताको दुरुपयोग भएको छ ।’
कुटाकुटमा परी आफु समेत घाइते भई उपचाररत रहेको भरत बोहराले उल्लेख गरेका छन् ।