उपविजेता भलिबल टोलीलाई विमानस्थलमै टीका–जमरा र खादाले स्वागत

Sunday October 13, 2024

पढ्न लाग्ने समय :


श्रीलंकामा आयोजित सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका खेलाडीलाई नेपाल भलिवल एशोसियसनका पदाधिकारीले खादा, टीका र जमरा लगाइ दिएर स्वागत गरेका हुन् ।

शनिबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । असोज २० गतेदेखि सुरू भएको प्रतियोगिता शनिबार सकिएको हो । श्रीलंका फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।