उपप्रधानमन्त्री सिंहको जिकिरः दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नदेखिएपछि कांग्रेस–एमाले मिल्यौँ

Friday January 24, 2025

पढ्न लाग्ने समय :


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको जिकिर गर्नुभएको छ ।  शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार राजनीतिक स्थायित्वको लागि बनेको बताउनु भएको हो । उहाँले विकास निर्माणका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा मुलुकका राम्रा परियोजनाले विकासको गति लिन नसकेको बताउनु भयो । उहाँले संसद्का दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नभएको कारण वर्तमान सरकार गठन भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विकास निर्माणको कार्य गर्नको लागि राजनीतिक स्थायित्व भइदिएन भने जतिसुकै राम्रो योजना, परियोजना भएपनि समयमा सकाउन नसक्ने, कामा व्यवधानहरु आउने भएको कारणले गर्दाखेरि अहिले हामीले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार संघीय संसदका दुई ठूला दल र अन्य सानादलहरु मिलेर यो संयुक्त सरकार बनेको छ । यो कारण के हो त भन्दाखेरि राजनीतिक स्थायित्व दिनको लागि हो । दुई ठूला दलहरु नमिलिकन राजनीतिक स्थायित्व सम्भव नहुने भएको कारणले गर्दाखेरि तपाई सबैले के बुझ्नुपर्यो भने अहिलेको सरकार राष्ट्रिय राजनीति आवश्यकताको आधारमा बनेको छ । मान्छेहरु संसदका दुई ठूला दलहरु मिलेर सरकार बन्नु अचम्म भयो भनेर भन्छन् तर अचम्म मान्नुपर्ने केही छैन । जनताको पिर मर्का र राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा यो सरकार गठन भएको छ ।’

उहाँले जनताको समस्या समाधान र राष्ट्रिय राजनीतिको आवश्यकताको आधारमा वर्तमान सरकार बनेकोले कसैले अचम्म मान्न नहुने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।