उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा कुँवर

Monday April 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन्। महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामवलीअनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि स्वतः निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष (उद्योग र वाणिज्य)मा मदनराज पन्त, कोषाध्यक्षमा प्रेमबहादुर भण्डारी तथा जिल्ला र नगरतर्फका सदस्यहरूमा विष्णुराज जोशी, कृष्णबहादुर तामाङ, कृष्णकुमारी बिष्ट, खेमेश्वरप्रसाद बोहरा र मदनराज न्यौपाने समेत निर्विरोध चयन भए।
त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एशोसिएट सदस्यमा बमबहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएका छ।
प्रदेशभरका उद्योगी व्यवसायीहरूको छाता संगठनको नेतृत्वमा कुँवर निर्वाचित भएसँगै सुदूरपश्चिममा निजी क्षेत्रको भूमिका अझ मजबुत हुने अपेक्षा गरिएको छ। निर्वाचन अधिकृत खगेन्द्रराज जोशीले तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएको बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।