उद्घाटनको १० महिनासम्म धनगढीको सभा गृह सञ्चालनमा आएन

Wednesday January 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सभा गृह २०८१ फागुन अन्तिम साता तत्कालिकन प्रधानमन्त्री केपी शर्मा ओलीले उदटन गरे।

संघीय सरकारको २८ करोड बढी रकम खर्च गरेर सभा गृह निर्माण गरिएको हो। तर, उदटन भएको १० महिना हुँदा पनि सञ्चालनको सुरसार छैन। धनगढी उपमहानगरपालिकालाई सञ्चालनका लागि सभा गृह हस्तान्तरण गरिएको छ। तर, कार्यविधि समेत उपमहानगरपालिकाले तयार पारेको छैन।

धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दीजराज भट्टले सभा गृह मर्मत सम्भार, साउण्ड स्टिम जडान, सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण लगायतको काम पूरा भएपछि सञ्चालनमा आउने बताएका छन्। उनले भने, ‘सहरी विकासले फेरि साउण्ड स्टिम र खोलाको कटान नियन्त्रणका लागि ठेक्का सम्झौता गरेको छ। सहरी विकासले काम सकेर हस्तान्तरण गर्छ। हामी कार्यविधि बनाएर, सभा गृह सञ्चालन गछौ।’

धनगढी उपमहानगरपालिकाको आग्रहमा नै सहरी विकास तथा भवन निर्माण विभाग, संघीय कार्यान्वयन इकाइले साउण्ड सिस्टम जडान, नदी कटान नियन्त्रण र पश्चिम क्षेत्रको मैदान सम्याउन ठेक्का सम्झौता गरेको छ। झण्डै २ करोढ रुपैया सहरी विकासले धनगढी सभा गृहमा फेरि खर्च गर्दै छ। तर, सञ्चालनको कार्यविधि निर्माणमा धनगढी उपमहानगरपालिकाले ढिलाई गर्दै आएको छ।

धनगढीमा सभा गृह (सिटी हल) निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको थियो। २०७४ सालमा ओलीनै प्रधानमन्त्री भएका बेला केन्द्रबाट २८ करोड बजेट छुट्ट्याइएपछि उक्त सिटी हल निर्माण प्रक्रिया अघि बढाइएको थियो। हल निर्माणका लागि धनगढी–८ मा उपमहानगरपालिकाले डेढ बिघा जमिन उपलब्ध गरायो। २८ करोड खर्च भएको उक्त भवन निर्माण २०७९ असारमै सम्पन्न भएको थियो। निर्माण भएको भवनमा तीन वर्षदेखि ताला ठोकिएको छ।

धनगढी सभा गृहमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सय जना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, २ रिहल्सन हल र अन्डरग्राउन्ड पार्किङ सहितको सुविधा छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका