उदयपुरमा एकै परिवारका तीनजनाको हत्या, एकजना पक्राउ

Friday September 2, 2022

पढ्न लाग्ने समय :


उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ गौधाटारमा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार एकै परिवारका तीन जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

घरबाट खेततर्फ जाँदै गरेका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या भएको हो । हत्या लगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेस पोदारले जानकारी दिएका छन् ।

आरोपितले राजकुमारलाई खेतमा जाँदै गरेको अवस्थामा चौवाटे कुलो र आमाछोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको कारण बारे केही खुलेको छैन ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।