इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्नू : प्रधानमन्त्री

Friday August 25, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)लाई निर्देशन दिएका छन् ।

अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले आईओईकाे निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका हुन् ।

आईओईले तोकेको नयाँ शुल्क समय सान्दर्भिक छ/छैन भनेर निर्क्योल् गर्न एउटा समिति गठन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिएको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

साथै आईओईलाई बजेट अभाव भए सरकारले सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको पनि उनले जानकारी दिइन् ।

आईओईले यसै शैक्षिक सत्रदेखि आफ्ना आङ्गिक क्याम्पसहरूमा लागू हुने गरी स्नातक (बी.ई./बी.आर्क.) तहको नियमित शुल्क ३५ हजारबाट ८२ हजार र पूर्ण शुल्क तर्फ तीन लाख ३० हजारबाट सात लाख ७५ हजार पुर्‍याएको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।