इटलीसँग नेपालको लज्जासपद हार
पढ्न लाग्ने समय :
धनगढी : आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ।
एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो। टी–२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो।
समूह सी मा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमै दुई पटकको टी–२० विश्वकप विजेता इंग्ल्याण्ड विरुद्ध ४ रनले पराजित भएको थियो।