इंग्लिस प्रिमियर लिग : आर्सनल पुनः शीर्षस्थानमा

Monday May 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि दौडमा आफुलाई कायमै राखेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले खेलको २०औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३७ खेलमा आर्सनलको ८६ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३६ खेलमा ८५ अंक रहेको छ ।

अब आर्सनलले आफ्नो अन्तिम लिग खेल मे १९ मा एभर्टनसँग खेल्ने छ । त्यस्तै म्यानचेस्टर सिटीले भने मे १५ मा टोटनह्याम र मे १९ मा वेस्टह्यामको सामना गर्ने छ ।

त्यसैगरी यो हारपछि म्यानचेस्टर युनाइटेडको भने ३६ खेलमा ५४ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।