आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री

Thursday February 23, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित राजर्षि जनक विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले मुलुकको आवश्यकताअनुसार दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पुर्‍याउनु पर्ने बताए ।

‘मुलुकमा विश्वविद्यालयको सङ्ख्या बढ्दै जानु राम्रो कुरा हो । यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ’, उनले भने, ‘तर विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ ।’

विश्वविद्यालयले आफूलाई गुणस्तरका क्षेत्रमा अब्बल सावित गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पुर्‍याउने उच्च शिक्षाको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयको विशिष्टता र पहिचानलाई जोगाउँदै अरू विश्वविद्यालय भन्दा फरक र विशिष्ट हुने गरी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै उनले सोहीअनुसार आफ्ना पाठ्यक्रमको निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी अघि बढ्न आग्रह गरे ।

विश्वविद्यालयले स्थापनाको पाँच वर्षको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा प्रधानमन्त्री दाहालले सराहना गरे । विश्वविद्यालयको आफ्नो जग्गा र भवन नहुँदा पूर्वाधारको अभावमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न असुविधा भएको आफूले पनि महसुस गरेको जनाउँदै उनले सरकारले विश्वविद्यालयलाई सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी दिँदै उनले सो ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।