आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

Friday April 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो।

आरसिबीको जितका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। कोहलीले ४३ बल खेल्दा ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए। पाटीदारले भने शानदार प्रदर्शन गर्दै २० बलमा अर्धशतक पूरा गरे। कप्तान फाफ डु प्लेसिस २५ रनमा आउट हुँदा क्यामरुन ग्रीनले नटआउट ३७ रन बनाए। आरसिबीले सात विकेटको क्षतिमा २०६ रन बनाएको थियो।

हैदरावादका लागि जयदेव उनाडकटले तीन विकेट हात पारे। टि नटराजनले दुई विकेट लिँदा प्याट कमिन्स र मयंक मार्कण्डेले एकएक विकेट लिए।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो। आरसिबीका बलरसामु टिक्न नसक्दा सुरुवाती खेलमा शानदार प्रदर्शन गरेको हैदरावाद बिहीबार पराजित भएको हो। उसका लागि शाहबाज अहमदले नटआउट सर्वाधिक ४० रन बनाए। अभिषेक शर्मा ३१, प्याट कमिन्स ३१ रनमा समेटिँदा हिटर मानिएका टे«भिस हेड १ रनमै आउट भए। भुवनेश्वर कुमार र नितिश कुमार रेड्डीले समान १३–१३ रन जोड्दा अब्दुल समदले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। हैदरवाद पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो।

हैदरावादको ब्याटिङ लाइनलाई धरापमा पार्न आरसिबीका लागि क्यामरुन ग्रीन, कर्ण शर्मा र स्वप्निल सिंहले समान दुईदुई विकेट हात पारे भने विल ज्याक्स र यश दयालले एकएक विकेट लिए।

यो जितसँगै अंक तालिकाको पुछारमा रहेको आरसिबीले ४ अंक बनाएको छ। आरसिबीसँग पराजित हैदरावाद भने १० अंकसहित तेस्रो स्थानमा कायमै छ।

आईपिएल अन्तर्गत शुक्रबार कलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७ः४५ बजे सुरु हुनेछ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली