आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं पक्राउ

Monday August 3, 2026

पढ्न लाग्ने समय :


मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार भक्तपुरका प्रहरी प्रमुख (एसपी) सूर्य खड्काको नेतृत्वमा गएको टोलीले भक्तपुरको निकोसेरास्थित प्रसाईंको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउको पुष्टि प्रहरीको उच्च स्रोतले गरेको छ।

प्रसाईंलाई पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

गत वर्ष तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो। त्यसयता पनि उनी विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्।

यसअघि जेठ ४ गते पनि प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। त्यसबेला सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

प्रहरीले प्रसाईंको पछिल्लो पक्राउबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।