आन्दोलनका पीडितहरूले न्याय नपाए सरकार ढाल्ने चेतावनी

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौ, भदौ २९ गते । जेनजी आन्दोलनका अगुवाहरूले आन्दोलनका पीडितहरूले न्याय नपाए अन्तरिम सरकार समेत ढाल्ने चेतावनी दिएका छन् । अभियन्ताहरूले आन्दोलनका पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग समेत गरेका छन् ।

आईतवार काठमाडौंमा एक कार्यक्रममा जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले आन्दोलनका शहीद परिवारको माग सोमबार बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिए । पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर छ । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरवार पुगेर पदभार ग्रहण गरेको केहीबेरमा नै उहाँले सो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । शहीद प्रविण कुलुङका दिदी अनिता कुलुङले आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग गरिन् ।

सरकारले आइतबार नै जेनजी आन्दोलनको क्रममा मृत्युवरण गरेकाहरूलाई शहीद घोषणा गरी जनही १० लाखका दरले क्षतिपुर्ति दिने निर्णय गरिसकेको छ ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख