आज काठमाडौं सहित ३४ जिल्लामा बाढीको जोखिम

Wednesday September 17, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, असोज १ गते । आज बुधबार राजधानी काठमाडौं लगायत देशका ३४ जिल्लामा बाढीको बढी जोखिम देखिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोसी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा यिनका सहायक नदीहरूमा बहाव बढ्ने सम्भावना रहेको छ । आज बिहानसम्मको जल प्रवाह मापनमा भने यी नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहेको छ । आज कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा पनि बहाव बृद्धि हुने अनुमान छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, डोटी, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ ।

त्यस्तै, इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही साना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ ।

बाढी महाशाखाले यी नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन सर्वधारणमा अनुरोध गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।