आजदेखि बीपी राजमार्ग २४ सैं घन्टा खुला

Wednesday September 17, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, असोज १ गते । बिपि राजमार्ग आज (असोज १ गते) देखि २४ सैं घन्टा खुला गरिएको छ । यस वर्ष मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा गत सोमबार बसेको सुरक्षा समितिको बैठकले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी बीपी राजमार्ग २४ सै घण्टा खुला गर्ने निर्णय गरेको थियो । सडक सुरक्षामा सजगता अपनाएर स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम निर्णय गरिएको प्रशासनले जनाएको छ ।

गत असारको पहिलो सातादेखि रातिको समयमा बीपी राजमार्गमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो । राजमार्गको प्रस्थान बिन्दु काभ्रेपलान्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । यसअघि पछिल्लो पटक गत भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा अहिले पनि जोखिम रहेको बताइएको छ । गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो ।

बीपी राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किलोमिटर र चौथोखण्ड अनतर्गत नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटरसम्मका विभिन्न स्थानमा बाढी र पहिरोले अधिक क्षति पु¥याएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।