आगलागी न्यूनीकरणका लागि धनगढीका १४ स्थानमा फायर हाइड्रेन्ट जडान

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगलागी न्यूनीकरणका लागि १४ वटा स्थानमा फायर हाइड्रेन्ट जडान गरेको छ। आगलागीबाट हुने क्षति न्यूनीकरणको लागि गतवर्ष आठ र यसवर्ष छ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
गतवर्ष धनगढीको मुख्य बजार खण्ड चौराहादेखि क्याप्पसरोड सडक खण्डमा पाँच, सहिद गेटदेखि शिवनगर सडक खण्डमा तीन वटा गरी आठ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको थियो। यसैगरी चालु आर्थिक वर्षमा वडा नं १ महोत्सव लाग्ने स्थान, वडा नं ३ को पक्की कुवा, वडा नं ४ भाटभटेनी चोक, कैलालीगाउँ जाने बाटो, वडा नं ५ यातायात कार्यालय, वडा नं ६ मटियारी र वडा नं १२ को सहरी स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा गरी छ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको छ।
धनगढीका कुनै पनि स्थानमा कहिकतै आगलागी भइहाल्यो भने दमकललाई आगो निभाउन जान र दमकलमा पुनः पानी भर्न नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि फायर हाइड्रेन्ट जडान गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए। उनले भने, “नजिकै जडान गरिएको फायर हाइड्रेन्टले सम्भावित जोखिम कम गर्न मद्दत पुग्छ, आगो निभाउन सहज हुन्छ।”
फायर हाइड्रेन्ट नजिक आगलागी भइहाल्यो भने पनि त्यसमा जेटपम्प लगाएर आगो निभाउन पनि सकिने छ। जसबाट पानीको पनि समस्या हुँदैन लगातार पानी उपलब्ध हुन्छ। आगलागी हुँदाखेरी बढीभन्दा बढी क्षति न्यूनीकरण होस् भन्ने उद्देश्यले धनगढीका विभिन्न स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको हो। क्रमिक रूपमा धनगढीका १९ वटै वडामा थप फायर हाइड्रेन्ट जडान गर्ने उपमहानगरपालिकाको योजना रहेको बताइएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।