आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सहयोग गर्छौ– प्रधानमन्त्री

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गते सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका सम्पत्ति र संरचनामा भएको आक्रमण र आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् । उनले आक्रमण र आगजनीमा क्षती बेहोरेको निजी क्षेत्रलाई अघि बढ्न राज्यले सहयोग गर्ने बताइन् ।

आइतबार पदभार ग्रहणपछि सरकारका सचिवहरुसँगको छलफलमा प्रधानमन्त्रीले निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्ट लोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले २४ गते भएको सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमाथिको आक्रमणको छानविन गरिने बताइन् ।

उनले अनाहकमा क्षती बेहोरेका व्यवसायीहरुलाई राज्यले त्यत्तिकै छाड्न नमिल्ने चर्चा गर्दै ठूलोे क्षति हुँदाहुँदै पनि आत्मबल देखाएमा व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरिन् ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि