अहिलेको व्यवस्थालाई लोकतन्त्र होइन, लुटतन्त्र भन्नुपर्छ
पढ्न लाग्ने समय :
काठमाडौं । नेपालका लागि नेपाली पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार सागर खड्काले बेथितिविरुद्ध व्यवस्था परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खड्काले ठूला दलले मनपरी रुपमा मुलुक चलाएकाले त्यसको बिकल्प दिन आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । उनले अहिले लोकतन्त्रको नाममा परिवारवाद चलेकाले यसलाई लोकतन्त्र नभई लुटतन्त्र भन्नुपर्ने बताए ।