असोज १ गते शोक दिवस मनाउने सरकारको घोषणा

Monday September 15, 2025

पढ्न लाग्ने समय :


  •  मृतकका परिवारलाई १५ लाख दिने घोषणा ।
  •  न्यायिक जाँचबुझा आयोग गठनको निर्णय
  •  जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय

न्युज नेपाल समाचार
काठमाडौं, भदौ ३० गते । सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

सरकारले असोज १ गते सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ । त्यस्तै, जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको छ ।

सरकारले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिसकेको छ । गृहमन्त्री अर्यालले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको जानकारी दिए ।

त्यस्तै, सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय गरेको छ ।

त्यस्तै, ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भए यातायात र हवाई खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । मन्त्रीपरिषद बैठकले जेनजी आन्दोलनमा भएको दमन र त्यसबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, ज्यान गुमाएका जेनजीहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने समेत निर्णय भएको छ ।

जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् । २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा हाल २८३ जना उपचारमा रहेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।